सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीकी प्रमुख सचेतक माओवादीमा प्रवेश

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ । उनीहरुलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

प्रदेशका प्रमुख सचेतक समेत रहेकी बिक माओवादीमा प्रवेश गरेसँगै कुनै बेला सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको एकिकृत समाजवादीमा अब ११ जना प्रदेश सांसद रहेका छन् ।

केही दिनअघि पूर्वअर्थमन्त्री तारा लामा तामाङ र भौतिक राज्यमन्त्री कुलवीर चौधरी समाजवादी छोडेर एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई केही दिनअघि केपी शर्मा ओलीले कञ्चनपुरमा पुगेर स्वागत गरेका थिए ।


३१ भदौ २०७९, शुक्रवार १८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु