जनकपुरमा ओलीलाई २ क्विन्टलको मालाले स्वागत

जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ ।सोमबार चुनावी धौडधूपका बीच जनकपुर पुगेका ओलीलाई सो माला लगाइएको हो ।

एमाले जिल्ला कमिटीले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई उक्त माला लगाइएको हो ।

कार्यक्रममा ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका झण्डै ६ हजारलाई ओलीले स्वागत गरेको एमाले नेताहरूले दाबी गरेका छन् ।


२७ भदौ २०७९, सोमवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु