डोटीमा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार
डोटीमा उच्च रक्तचाप भएपछि एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ ।
बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन् ।
उच्च रक्तस्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ ।
२५ भदौ २०७९, शनिवार २१:३३ बजे प्रकाशित












