कैलाली-५ को प्रदेश ‘ख’ मा ऐरको स्वतन्त्र उम्मेदवारी घोषणा
कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ का लागि बलबहादुर ऐरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शनिबार उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
ऐरले नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका वडा नम्वर -३ को वडा अध्यक्षमा विजयी भएका थिए ।
२५ भदौ २०७९, शनिवार २०:४७ बजे प्रकाशित












