punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली ३ मा एमालेका गौरीशंकरसहित उम्मेदवार सिफारिस

Chaupati
safha napa

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री गौरीशंकर चौधरी र चुलुराम चौधरी गरी दुई जनाको नाम सिफारिस भएको छ। गौरीशंकर २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए। त्यतिबेला उनी माओवादी केन्द्रमा थिए। चौधरीले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई हराएका थिए। अहिले उनी एमालेमा छन्।

यस्तै प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर १ मा तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा सम थापा, टिकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) रहेका छन्। उनीहरु तीनै जनाको नाम सिफारिस गरिएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ।


२० भदौ २०७९, सोमवार ०९:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु