किर्ते सही छाप गरी लाइसेन्स लिन खोज्ने सशस्त्र प्रहरीका जवान पक्राउ

प्रहरीले सोमबार वीरेन्द्रनगर नगरपालिका–७, यातायात व्यवस्था कार्यालय सुर्खेतबाट किर्ते सही छाप गरी सवारी चालक अनुमतिपत्र (लाईसेन्स) लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ।

दैलेख गुरासँ गाउँपालिका–४, घर भइ सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत ३० वर्षीय प्रहरी जवान भक्तबहादुर शाही नक्कली काजगात पेस गरेको आरोपमा पक्राउ गरेको हो। शाहीले साउन ११ गते दिएको मोटरसाइकल सवारी चालक अनुमतिपत्रको परीक्षाको प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका दुई जना कर्मचारीको किर्ते सही र कार्यालयको छाप लगाई उत्तीर्ण भएको कागजात बनाएका थिए ।

यातायात व्यवस्था कार्यालयका कर्मचारीले किर्ते सही छाप गरेको आंशका गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो।


६ भदौ २०७९, सोमवार २३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु