कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला

कैलालीको गोदावरी नगरपालीकाका दुई ठाँउमा शंकास्पद वस्तु फेला परेको छ ।
आज बिहानै अत्तरिया चौराह तथा वडा नम्बर ७ हरैयामा शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्र राज पाण्डेयले जानकारी दिए ।

शंकास्पद वस्तु देखीएको तर के हो भन्ने अहिले नै एकिन नभएको उनले बताए ।
शंकास्पद वस्तु प्रहरीको सुरक्षा घेरामा रहेको छ ।

शंकास्पद वस्तु फेला परेपछि जाँचका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ । मंगलबार विप्लव नेतृव्तको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।


७ भदौ २०७९, मंगलवार ०७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु