कैलाली उद्योग वाणिज्य संघको टोलीद्वारा ३ जिल्लाका उद्योगी व्यवसायीसंग भेटघाट

कैलाली उद्योग वाणिज्य संघको टोलीले सोमबार देशका विभिन्न ३ जिल्लाको भ्रमण अवलोकन गर्दै त्यहाँका उद्योग व्यसायीसंग भेटघाट तथा छलफल गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको भ्रमण टोलीले चितवन, मकवानपुर र रुपन्देहीको बुटवल पुगेर त्यहाँका उद्योग वाणिज्य सङ्घका पदाधिकारीसहित उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको हो ।

सोमबार विहान बुटवल उद्योग वाणिज्य सङ्घका उद्योगी व्यवसायीसंग भेटघाट तथा छलफल गरेको टोलीले दिउँसो चितवन र मकवानपुर पुगेर त्यहाँका उद्योगीसंग छलफल गरेको हो । सहित विभिन्न तीन जिल्लाका उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतसंग उद्योगी व्यवसायीका साझा सवालका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा व्यवसायीहरूले खुला सिमानाका कारण उद्योग व्यवसायहरू ठूलो मारमा परेको बताएका छन् । सिमानाकामा उद्योगहरू वृद्धि भएपनि सहरी कारोबार खस्किँदै गएको धारणा राखेका थिए । कोरोनाले गर्दा आर्थिक मन्दीसमेत भएको उनीहरूको भनाई थियो ।

सरकारले सामान्य सामानमासमेत कर लगाउँदा उद्योग व्यवसायीहरू मारमा परेको, नयाँ ऐन कानुन बन्न नसक्दा समस्या भएकोलगायत समस्या राखेका थिए । आगामी दिनमा सबै संघ संस्थाहरूले समन्वय सहकार्य गरेर बढनुपर्ने कुरामा व्यवसायीहरूले जोड दिएका छन् । त्यसक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले तीनवटै जिल्लाका उद्योग वाणिज्य संघलाई भ्रमणको निम्तो दिए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरको नेतृत्वमा ११ सदस्यीय टोली देशका विभिन्न जिल्लाको भ्रमण अवलोकनमा निस्केको छ ।


६ भदौ २०७९, सोमवार २३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु