सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

हिजो आइतबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार ३०० सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो भने सुनको मूल्य स्थिर रहेको थियो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो आइतबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 


६ भदौ २०७९, सोमवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु