नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै
नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज दिउँसो केन्या प्रस्थान गर्ने जनाएको छ।
नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन्। त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको कार्यक्रम राखेको छ। नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ।
६ भदौ २०७९, सोमवार ०९:४५ बजे प्रकाशित












