प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ’ उनले भने ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।
५ भदौ २०७९, आइतवार १९:५२ बजे प्रकाशित












