डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको दीपायलबाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइते हुनेमा अमरगढी नगरपालिका वडा नम्बर १ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा गाउपालिका वडा नम्बर २ की चित्रा मल्ल, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल, जनक मल्ल, नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त (उप्रेती) र जीप चालक यदुनाथ उप्रेती रहेका छन् ।
घाइतेहरु सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


५ भदौ २०७९, आइतवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु