थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् भने हाल देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार १५५ जना होम आइसोलेसनमा रहेका छन् भने १९३ जना संस्थागत आइशोलेशन र ५१ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ ।


५ भदौ २०७९, आइतवार २०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु