नदीमा डुबेर २ बालकको मृत्यु
बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ का १२ वर्षीय आयुष तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेका छन् ।
नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी खोज तलासमा लागेको र खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।
५ भदौ २०७९, आइतवार १६:१६ बजे प्रकाशित












