punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ घटना : आत्महत्या दुरुत्साहनको आरोपमा श्रीमान् पक्राउ, सीआईबी घटनास्थलमा

Chaupati
safha napa

बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ। प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली घटना अनुसन्धानका लागि खटिएको हो। सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको बताइएको छ।

बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने जनाएको छ। बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीया छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका थिए।

उनीहरूको जिल्ला अस्पताल चैनपुरमा पोस्टर्माटम सकेर शुक्रबार दाहसंस्कारको गरिँदै छ। मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


२७ साउन २०७९, शुक्रवार १४:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु