punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाट्टा सुदूरपश्चिमका पदाधिकारीद्वारा बडिमालिका जाने पदयात्री हरुलाई बिदाई

Chaupati
safha napa

धनगढी- बडिमालिका जाने पदयात्री हरुलाई बिदाई गरिएको छ । नाट्टा सुदुरपस्चिमका पदाधिकारीहरुले एक कार्यक्रम गरि बडिमालिकाको दर्शनका लागी जाने पर्यटकहरुलाई बिदाई गरेका हुन्। पि एस ट्राभलपोइन्ट टुर्सले आयोजना गरेको कार्यक्रममा पदयात्रामा ट्रेकिङ्ग गाईड सुमित शाहीको नेतृत्वमा रहेको ७ जनालाई बिदाई गरिएको हो ।

पि एस ट्राभलपोइन्ट टुर्सको कार्यालयमा नाट्टा सुदुरपस्चिम प्रदेश संघका अध्यक्ष पदम बिक्रम सिंह तथा उपाध्यक्ष धनन्जय जैसीले खादा तथा प्राथमिक उपचारमा आवस्यक पर्ने सामाग्रीहरु सहित हस्तान्तरण गरि पदयात्री हरुलाई बिदाई गरेका हुन्। बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् । यि मध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पूजारी छन् ।

बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् ।


२२ साउन २०७९, आइतवार १५:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु