नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो । उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दु र संस्थापनइतरबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
जसमा बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीमा संस्थापनइतर पक्षले नै अग्रता लिइरहेको छ ।
उपाध्यक्षमा नकुल अर्याल, महासचिवमा दिलिप पौडेल निर्वाचित भए । प्रेस युनियनको कोषाध्यक्षमा शिलापत्रकर्मी माधव धिताल विजयी भएका छन् ।
८ साउन २०७९, आइतवार १९:४३ बजे प्रकाशित












