दैलेखमा चट्याङ्ग लागेर १० जना घाइते
दैलेखमा चट्याङ लागेर १० जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्लाको डुंगेश्वर गाउँपालिका–२ मा सेर्माकोटमा चट्याङ लाग्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
उनका अनुसार चट्याङ्गका कारण एक बाख्रा र एक गाईको समेत मृत्यु भएको छ ।
८ साउन २०७९, आइतवार १८:०५ बजे प्रकाशित












