पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १६ जना घाइते
पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी १६ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए ।
मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उनले जानकारी दिए । गुल्मीदेखि पाल्पाहुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतकको सनाखत भएको छैन । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ ।
८ साउन २०७९, आइतवार १९:४७ बजे प्रकाशित












