सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार

नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । साउनको पहिलो दिन आइतबार ९आज० छापावाल सुन प्रतितोला २ सयले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

गते शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी, चाँदीको मुल्य भने आज बढेको छ । चाँदी आइतबार १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।


१ साउन २०७९, आइतवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु