अछाममा राज्यमन्त्री रैकाको भब्य स्वागत एंव सम्मान
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकालाई अछाममा स्वागत एंव अभिनन्दन गरिएको छ । सुदूरपश्चिम सरकारको सामाजिक बिकास राज्यमन्त्री भएपछि पहिलो पटक अछाम पुग्नु भएका राज्यमन्त्री रैका दलित एंव पछाडि पारिएको बर्ग समुदायको नेतृत्व गर्दे राज्यको नीति निमार्ण उच्च तहमा दलित समुदाय बाट पुग्न सफल हुनुभएको भन्दै नेपाली काग्रेसका अछाम सभापति पुष्प बहादुर शाह र जनप्रतिनिधि एंव स्थानीयबासीहरुले राज्यमन्त्री रैकालाई स्वागत एंव सम्मान अभिनन्दन गरेका हुन् ।
राज्यमन्त्री रैकालाई साफेँबगर नगर प्रमुख,राजेन्द्र कुँवर,मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप खड्का, जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवर,नेपाली काग्रेस पूर्व सभापति भरत स्वार,नेपाली काग्रेस महासमिति सदस्य अर्जुन ताम्राकार,नेपाली काग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रुपा आउजी,नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि अप्सरा कुवर, नेपाल दलित संघका अध्यक्ष ठक्कर ताम्राकार,कार्यपालिका सदस्य अनिल रैगाँई, लगायतको टिमले स्वागत एंव अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा राज्यमन्त्री रैकाले आफूले शिक्षा, स्वास्थ, बिकास निर्माण एंव सामाजिक सशक्तीकरण,समानताको क्षेत्रमा आफूले बिशेष जोड दिने बताएका थिए । यस क्रममा राज्यमन्त्री रैकाले स्थानियबासी,जनप्रतिनिधिहरुसंग स्थानीय समस्या,सवाल,र विकास निमार्ण सम्बन्धि छलफल र अन्तरक्रिया समेत गरेका थिए ।
१ साउन २०७९, आइतवार १३:०७ बजे प्रकाशित












