बाजुरा साक्षर जिल्ला घोषणा

बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्या साधारण लेखपढ गर्न सक्ने भएसँगै बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ।

देशभरका ७७ ओटै जिल्लामध्ये साक्षर घोषणा हुनेमा बाजुरा ६० औँ जिल्ला रहेको समन्वय इकाइ प्रमुख हर्कबहादुर सिंहले बताए।

 

 


३१ असार २०७९, शुक्रवार १०:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु