punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस युनियनको खुला केन्द्रीय सदस्यमा जोशीको उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाल प्रेस युनियनको खुला केन्द्रीय सदस्यमा यज्ञराज जोशीले उम्मेदवारी घोषणा गरेका छन्। एक दशकभन्दा लामो समयदेखि नेपाल प्रेस युनियनको क्रियाशील सदस्य रहेका जोशीले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

प्रेस युनियन कैलालीका पूर्व जिल्ला सदस्यसमेत रहेका जोशीले मर्यादित पत्रकारिता विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

जोशीले उम्मेदवारी घोषणा गर्दै आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहने बताएका छन्। म सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहने छु। श्रमजीवी पत्रकारका पेसागत समस्या समाधानका लागि सधैँ आवाज बुलन्द पारिरहने छु। आफू पनि लेख्ने र लेख्ने कै पक्षमा रहन छु,’ उनले भने।

प्रशिक्षित र सबै अट्ने युनियनको पक्षमा वकालत गर्नेसमेत जोशीले बताए। उनले युनियनको एक पदमा एक पटक मात्रै उठ्ने र पूर्ण कार्यकाल मात्र रहने बताए। ‘काम गर्न धेरै समय पद ओगटी रहनुपर्छ भन्ने छैन। म एक पदमा एक पटक मात्रै उठ्ने छु र आफ्नो कार्यकाल सकिएको दिन समयमै युनियनले महाधिवेशन गर्न नसके नेतृत्वलाई दबाब दिन पदबाट राजीनामा दिने छु,’ उनले भने।

आज मर्यादित र भएरहित पत्रकारिताको आवश्यकता रहेकाले युनियनमा रहेर आफूले त्यसकै लागि पहल गर्ने जोशीको भनाइ छ।

‘युनियनलाई पारदर्शी, व्यवस्थित र प्रेस स्वतन्त्रताको पहरेदार संस्थाका रूपमा स्थापित गर्न नेतृत्वलाई मेरो सधैँ साथ रहने छ। कुनै अप्ठ्यारोमा परेका पत्रकारको पक्षमा पनि म सधैँ रहने छु,’ जोशीले भने।

उनी करिब एक दशक कैलालीमा पत्रकारिता गरेर विगत सात वर्षदेखि काठमाडौंका मेन स्टिम सञ्चार माध्यममा कार्यरत छन्। जोशीले नागरिक न्युज, नेपाल न्युज, आयोमेल डटकम, हेल्थपोस्ट नेपाल डटकमलगायत सञ्चारमाध्यममा काम गरिसकेका छन्।हाल  उनी नेपाल समय डटकममा कार्यरत छन्।


२४ असार २०७९, शुक्रवार ०९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु