सुदूरपश्चिमका ३ जिल्लामा अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा

सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो । हालसम्म करिब ४०० जनाले उक्त सेवा लिएका छन् ।


२४ असार २०७९, शुक्रवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु