punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ७८ जनामा कोरोना संक्रमण, ५०८ जना सक्रिय संक्रमित

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।

 


२३ असार २०७९, बिहीवार १६:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु