बाँकेमा पुनः ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

बाँकेमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

उनले दुई पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए। कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एकजना नेपालगञ्ज–१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि सङ्क्रमण देखिन थालेको छ ।

 


१७ असार २०७९, शुक्रवार १४:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु