punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको शिखर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

Chaupati
safha napa

डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाले विसं २०७८ चैत मसान्तसम्म १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा एक कार्यक्रमबीच पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिश शाहले जानकारी दिए।

जिल्लाका नौवटै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेकाले अब चाँडै नै अन्य स्थानीय तह पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले बताए।

नगर प्रमुख दीर्घबहादुर बलायरले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गरे। यसअघि जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको थियो।


१७ असार २०७९, शुक्रवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु