punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोलामा डुबेर बेपत्ता भएका बालकको शव फेला

Chaupati
safha napa

कैलालीको गौकन्द्री खोलामा डुबेर बेपत्ता भएका बालकको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१९ का दिपक बिकका ११ वर्षीय छोरा निखिल मृत अवस्थामा फेला परेका हुन् । बालककोे शव कैलारी गाउँपालिकास्थित गौकन्द्री खोलाको ८०० मिटर दक्षीणतर्फ फेला परेको प्रहरीले जनाएको छ ।

निखिल असार १५ मा कैलारी गाउँपालिका वडा नं ६ आफ्नो मामाघर गएका थिए । उनी मामाघर गएको अवस्थामा त्यहाँको गौकन्द्री खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।


१७ असार २०७९, शुक्रवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु