सुदूरपश्चिम र बागमतीका मुख्यमन्त्री फेरिने चर्चा, गठबन्धन बैठक बस्दै

सत्तारुढ पाँचदलीय गठबन्धनमा सुदूरपश्चिम र बागमती प्रदेशको मुख्यमन्त्री फेर्नेबारे छलफल हुने भएको छ । आज दिउँसो बोलाइएको गठबन्धनको बैठकमा दुई प्रदेशका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने बताइएको छ ।

अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र बागमती प्रदेशमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

उनीहरूलाई फिर्ता बोलाएर बागमतीमा कांग्रेस र सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने गरी गठबन्धनका नेताहरूबीच छलफल भइरहेको चर्चा राजनीतिक वृत्तमा छ । यसबारे ठोस निर्णय आज दिउँसो बस्ने गठबन्धनको बैठकले लिने बताइएको छ ।

संघ र प्रदेशको चुनावको मिति घोषणापूर्व नै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी भइरहेको हो । बागमतीमा कांग्रेसका इन्द्र बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको भन्दै एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनुपर्ने माग पुरानै हो ।

त्रिलोचन भट्ट प्रदेश सरकार स्थापना भएपछि नफेरिएका एक मात्रै मुख्यमन्त्री हुन् ।


१७ असार २०७९, शुक्रवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु