बैतडीका ८ जनामा कालाजार रोगको संक्रमण, एक जनाको मृत्यु
बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो । चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको बताइएको छ ।
सुर्नया गाउँपालिकाका २, दशरथचन्द नगरपालिकाका ४ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको हो । कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको छ ।
८ असार २०७९, बुधवार १४:३१ बजे प्रकाशित












