कैलालीमा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ। मंगलबार साँझ करिब ७ बजे खेल्ने क्रममा सेप्टीट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपना माझीको ज्यान गएको हो।

मृतक बालिकाकी आमा पवित्रा माझीका अनुसार मंगलबार साँझ साढे ६ बजे घर बाहिर बसेर खेल्ने क्रममा बिपना सेप्टीट्याङ्कीमा खसेकी थिइन्। बालिकालाई अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको माझीले बताइन्।


८ असार २०७९, बुधवार १४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु