बुद्ध एयरले माग्यो माफी
हवाई सेवा बन्द गर्ने निर्णयप्रति बुद्ध एयरले माफी मागेको छ । वायुसेवा सञ्चालक संघले गरेको अनिश्चितकालका लागि हवाई सेवा बन्द गर्ने निर्णयलाई बुद्ध एयरले सर्मथन गरेको थियो ।
वायुसेवा सञ्चालकहरूको आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय नभएको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले आत्मआलोचना गर्दै आगामी दिनमा बुद्ध एयरको कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गरेको छ ।
‘धेरैअगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ । यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौंबाहिर रात्रि बिसान गर्न निर्देशन दिएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हालको परिस्थितिमा त्यस पार्किङ थलो सुधार भएको र अहिले १७ वटाभन्दा बढी जहाज रात्रि बिसान हुने अवस्था रहेको बुद्ध एयरले जनाएको छ ।
८ असार २०७९, बुधवार १४:२६ बजे प्रकाशित












