नेपालमा पहिलो पटक मंकीपक्सका शङ्कास्पद संक्रमित फेला

नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणको शङ्कास्पद बिरामी भेटिएका छन्। दुबईबाट आएका २८ वर्षीय पुरुषमा परीक्षण गराउँदा मंकीपक्सको जस्तैलक्षण देखिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।

पुनका अनुसार त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको शङ्कास्पद लक्षण देखिएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको हो ।

संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लागिएको छ ।


२ असार २०७९, बिहीवार २२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु