आजको मौसम: भारी वर्षाको सम्भावना

शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।


३ असार २०७९, शुक्रवार ०८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु