गोपनियता र तथ्याङक संरक्षण सम्वन्धी धनगढीमा छलफल

धनगढीमा सुचनाको हकका लागि एक दिने छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ । गोपनियताको हक संरक्षण कानुनी अवस्था, तथ्याङक संकलन नेपालको कानुनमा के अवस्था रहेको छ भन्ने बिषयमा छलफल भएको हो । सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेम ढुगांनाले गोपनियताको हक संरक्षणमा नेपालको अवस्था र यसलाई कुन रुपमा कानुनी ब्यवस्था गरिएका भन्ने बिषयमा छलफल गरिएको बताए ।

उनले नेपालमा आम रुपमा यसलाई कसरी बुझ्ने गरिएको भनेर यसका कानुनी ब्यवस्था कस्तो रहेको छ भनेर नागरीकलाई कसरी जानकारी दिन सकिन्छ भनेर छलफल तथा कार्यक्रम आयोजना गरिएको बताए ।

डिजीटल राइट नेपालका बोर्ड सदस्य जेवी बिश्वकर्माले सामाजीक सञ्जालको गलत प्रयोगबाट बिभीन्न समस्या हुने बताए । सामाजीक सञ्जालबाट ठगिने तथा आफु त्यस बिषयमा जानकार नहुँदा थुर्पै समस्या हुने उनले बताए । सामाजीक सञ्जाल चलाउदाँ ध्यान दिएर मात्रै चलाउनुपर्ने उनको भनाई थियो । सामाजीक सञ्जालको गलत प्रयोगबाट अपराध तथा ठगीका घट्नाहरु हुने गरेको उनी बताउछन् ।

डिजीटल राइट नेपाल र सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको सहकार्यमा छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनीधि, जनप्रतिनीधि, पत्रकार लगायत सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

 

 


२९ जेठ २०७९, आइतवार २०:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु