बिजुली तारमा हिँडेका माइलालाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौँ भने पछि जिम्मा लगाइएको हो ।

ककनी गाउँपालिका-७ स्थित विद्युत् प्रसारण लाइनमा शनिवार उनी हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो ।


२९ जेठ २०७९, आइतवार १९:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु