कैलाली उद्योग वाणिज्य संघको निर्वाचन सुरु
कैलाली उद्योग वाणिज्य संघको निर्वाचन सुरु भएको छ। उद्योग वाणिज्य संघको निर्वाचन शनिबार बिहानबाट सुरु भएको हो। बिहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन केही समय ढिलो गरी सुरु भएको छ।
संघको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा छन्। दुई समूह छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गर्दै चुनावी मैदानमा होमिएका हुन्।
त्यस्तै, संघको उपाध्यक्ष (वाणिज्य) मा केशवराज जोशी निर्विरोध भइसकेका छन्। सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन्।
निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार उपाध्यक्ष (वाणिज्य)मा उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसँगै जोशी निर्विरोध भएका हुन्।
पुष्पराज कुँवरको प्यानलबाट उम्मेदवारी दिएका केसीले उम्मेदवारी फिर्ता लिएका थिए। सोही प्यानलबाट सदस्यका उम्मेदवार विवेक शर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
२८ जेठ २०७९, शनिवार १०:१२ बजे प्रकाशित













