अछामको ढकारी गाउँपालिकाको गाडी पल्टिँदा चालक घाइते

अछामको ढकारी गाउँपालिकाको गाडी पल्टिएको छ । गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका ४ स्थित सडकमा पल्टिएको हो ।

धनगढीबाट जाँदै गर्दा आज साँफेबगरमा गाडी पल्टिएको बताइएको छ। दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका छन् । उनको ध्रुवतारा अस्पताल साँफेबगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए । गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने चोट लागेको छैन ।

गाडीमा ढकारीकी उपाध्यक्ष नेत्रकलादेवी शाही, उनका १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका प्रवक्ता विष्टले बताए । उनीहरु सबै सकुशल छन् ।

 


२८ जेठ २०७९, शनिवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु