पृथ्वी राजमार्गमा सडक भासियो
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्यामनजिक सडक भासिएको छ । अहिले दुईतर्फी सवारी आवागमन ठप्प भएको छ ।
गएरातिदेखि भइरहेको वर्षाका कारण सडकको भाग भासिएको हो । बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । प्रहरीका अनुसार, करिब २० मिटर सडक भासिएको हो ।
२७ जेठ २०७९, शुक्रवार ०९:१४ बजे प्रकाशित













