जाहेरीपछि मात्रै शव पोस्टमार्टम गर्न दिने पीडितको अडान

अछामको पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय विनोद शाहीको शव जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको छ । शव जिल्ला अस्पताल पुर्‍याए पनि पोस्टमार्टमको प्रक्रिया भने सुरु भएको छैन । पीडितका आफन्तले किटानी जाहेरी दर्ता भएपछि मात्रै पोस्टमार्टम गर्न दिने अडान राखेपछी पोस्टमार्टम रोकिएको हो ।

पीडित पक्ष किटानी जाहेरी दर्ताको माग गर्दै प्रहरी प्रशासनमा गएका छन् । जिल्ला अस्पताल अछामकी मेडिकल सुपरिटेन्डेन्ट डा सोनाली बास्कोटाले पोस्टमार्टम गर्नका लागि आधिकारिक जानकारी नआएको र पीडित पक्षले पोस्टमार्टम कक्षभित्र पनि शव राख्न नमानेको बताइन् ।

उनका अनुसार मृतक शाहीको शव जिल्ला अस्पताल परिसरमा ट्याक्टरमै राखिएको छ । अहिले जिल्ला अस्पताल मंगलसेन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।


२५ जेठ २०७९, बुधवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु