धनगढीमा निःशुल्क वडा क्लिनिक सञ्चालन हुने, उपमहानगर र भाटभटेनी सुपरमार्केटबीच सम्झौता

कैलालीको धनगढी उपमहानगरपालिका भित्र निःशुल्क रुपमा वडा क्लिनिक सञ्चालन हुने भएको छ । बुधबार धनगढी उपमहागनरपालिका र भाट–भटेनी सुपरमार्केटबीच वडा क्लिनिकबाट नि ःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालनका लागि सम्झौता भएको हो ।

एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भाट–भटेनी सुपरमार्केटका प्रबन्धक निर्देशक मीनबहादुर गुरुङबीच आगामी ५ वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि बोल्दै सुपरमार्केटका प्रबन्धक निर्देशक गुरुङले उपमहानगरपालिकाका २ जना चिकित्सकलाई मासिक तलब र भत्ता दिन तयार रहेको बताए । सुदूरपश्चिममा धेरै पहिलादेखि नै स्वास्थ्य क्षेत्रमा केही न केही सेवा गदै आएको उनले बताए ।

उनले आफ्नो र श्रीमतीको नामबाट स्थापना गरेको छात्रवृति कोषबाट सुदूरपश्चिमका दुई जना विद्यार्थीलाई एमबीबीएस पढ्न सहयोग गरेको बताए । आर्थिक रुपले विपन्न तथा जेहेन्दार दार्चलाकी पुजा बम र बैतडीका बसन्तराज जोशीलाई पूर्ण छात्रवृति सहित एमबीबीएस पढाएको उनले बताए ।

हाल पुजा बम गोकुलेश्वर र जोशी काठमाण्डौं प्रसुती गृहमा एमडी गरिरहेको उनको भनाइ छ । यस प्रदेशका बासिन्दाहरूले औषधी अभावकै कारण बेलैमा ज्यान गुमाउनुपर्ने बाध्य भएकाले गर्दा आफ्नो थोरै सहयोगले केही राहत होस भने उद्देश्यका साथ १० वर्षदेखि सहयोग गदै आएको उनले बताए । ५ वर्षका लागि मात्रै नभई ५० औँ वर्ष सम्म पनि सहकार्य र समन्वय गर्न तयार रहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका नगर प्रमुख हमालले १९ वटै वडामा क्यालेन्डर बनाएर प्रत्येक महिना महिनामा चेकजाँच गर्न व्यवस्था मिलाउने बताए ।मेयरले चढ्ने गाडी समेत स्वास्थ्य शाखालाई हस्तातरण गर्न उनले बताए । वडा–वडा स्वास्थ्य चेकजाँच सुरु भयो भने धेरै ज्येष्ठ नागरिक, महिलाहरूको स्वास्थ्यमा क्रमिक सुधार आउने अपेक्षा समेत गरेका छन् ।

जनताले घर घरमा स्थानीय तह आएको अनुभूति गर्न गरेर काम गर्न उनले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियानलाई सार्थकता बनाउने उनको भनाइ छ ।

धनगढी उप–महानगरपालिका क्षेत्रका दुरदराजको जनताले अहिले पनि राम्रो स्वास्थ्य सेवा पाउन नसकेको अवस्था रहेको उल्लेख गर्दै नगर प्रमुख हमालको पहलमा सुरु भएको वडा–वडामा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममार्फत अति न्यून आय भएकाहरुले समेत घर–आगनमै सेवाको मौका पाउने धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले बताए ।

उपमहानगरपालिकाले साउन १ गतेदेखि हरेक वडामा महिनामा एक दिन पालो पर्ने गरि निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

 


२५ जेठ २०७९, बुधवार १९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु