punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भुसाललाई कारबाही सिफारिस गरेपछि रावलको आपत्ति

Chaupati
safha napa

नेकपा एमालेका नेता भीम रावलले एमालेले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको लागि सिफारिस गरिएको प्रति आपत्ती जनाएका छन् ।

उनले कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गर्नुपर्नेमा पार्टी उल्टो बाटो हिँडेको समेत बताएका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’

उनले देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको भन्दै यसका लागि आगामी चुनाव जित्नुपर्ने समेत जनाएका छन् ।


२३ जेठ २०७९, सोमवार १०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु