‘उत्कृष्ट’ नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने
गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ९जुन २६०का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । ुउत्कृष्टु नारालाई पुरस्कृत समेत गर्नेछ ।
एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ । त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना
(drug@moha.gov.np) मा पठाउन सकिनेछ । मन्त्रालयका अनुसार नारा लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्याउने सन्देश दिने खालको हुनुपर्नेछ । नारा बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्नेछ ।
उत्कृष्ट नारा पठाउने पाँचजनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ ।

२३ जेठ २०७९, सोमवार १०:१७ बजे प्रकाशित












