punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक वाइन इण्डष्ट्रिज आगलागी

Chaupati
safha napa

कैलालीको एक वाइन इण्डष्ट्रिजमा आगलागी भएको छ। प्रहरीका अनुसार जिल्लाको चुरे गाउँपालिका-३ सहजपुरस्थित मारभट्टी बजारमा रहेको सोही ठाउँका पृथ्वीविक्रम शाहको मनसुन वाइन इण्डष्ट्रिज -रक्सी उत्पादन गर्ने कम्पनी)मा आगलागी भएको हो।

बजारमा रहेको फोहोरमैलामा लगाएको आगो सल्केर आगलागी भएको बताइएको छ। आगो निभाउने क्रममा उक्त कम्पनीमा काम गर्ने काठमाडौं महानगरपालिका-८ बालाजु घर भएका ४३ वर्षीय दीपक बस्नेत घाइते भएका र उनलाई उपचारका लागि चुरे स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट कम्पनीमा पूर्ण रुपमा क्षति पुग्न गई त्यहाँ रहेको ५९ हजार लिटर रक्सी जलेर नष्ट भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार अन्दाजी ३ करोड बराबरको क्षति भएको छ। सोमबार बिहान १२ बजे भएको आगलागी १ बजेर ३५ मिनेट हुँदा नियन्त्रणमा आएको प्रवक्ता जोशीले बताए।


२३ जेठ २०७९, सोमवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु