punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेस्सीले एकै खेलमा गरे पाँच गोल

Chaupati
safha napa

मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले शनिबार राति इस्टोनियालाई ५–० गोलले हराएको छ।अर्जेन्टिनाको जितमा पाँचवटै गोल लियोनल मेस्सीले गरे। उनले ८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खाता खोलेका थिए।

४५ मिनेटमा दोस्रो गोल गरेका उनले ४७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। मेस्सीले थप गोल ७१ र ७६ औँ मिनेटमा गरेका थिए। यो जितसँगै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाले अपराजित यात्रा ३३ खेलमा पुर्‍याएको छ।

मेस्सीले अर्जेन्टिनाका लागि एकै खेलमा ५ गोल गरेको यो पहिलोपटक हो। यसअघि क्लबका लागि पनि एकपटक मात्र यस्तो सफलता हात पारेका छन्। सन् २०१२ मा बायर लेभरकुसेनमाथि बार्सिलोनाले हात पारेको ७–१ गोलको जितमा मेस्सीले ५ गोल गरेका थिए।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या ८६ पुगेको छ। उनीभन्दा अगाडि रहेका मलेसियाका मोख्तर दहारीले ८९, इरानका अलि दाईले एक सय ९ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एक सय १७ गोल गरेका छन्।

अर्जेन्टिनाले गत साता मात्र इटालीलाई ३–० गोलले हराएर फाइनलिस्सिमाको उपाधि जितेको थियो। युरो कप विजेता र कोपा अमेरिका विजेताबीच प्रतिस्पर्धा गराइएको थियो। मेस्सीले हालसम्म विभिन्न ३० फरक देशविरुद्ध गोल गरेका छन्।ब्युनोस आयर्स


२३ जेठ २०७९, सोमवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु