punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका भण्डारी निर्विरोध

Chaupati
safha napa

जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

उनी नेपाली कांग्रेस अमरगढी नगरपालिका नगर कार्यसमिती उपसभापती हुन् । उनी अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएकी थिइन् ।

जिसस समितिका लागी शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रशा शर्मा उपाध्यायले जानकारी दिए ।

जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन भएका छन् । उम्मेदवारहरू निर्विरोध चयन भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिए ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो । जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो । सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति काँग्रेसकै नेतृत्वमा गठन भएको हो ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो । उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो । एमालेले भने यहाँ शून्य छ ।

 


२१ जेठ २०७९, शनिवार १०:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु