उपमहानगरले कार्यपालिकाका सबै बैठक लाइभ गर्ने
धनगढी उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ । उपमहानगरले कार्यपालिकाका सबै बैठक लाइभ गर्ने भएको छ।
धनगढीका नगरप्रमुख गोपाल हमालले निर्णय प्रक्रियालाई पारदर्शी बनाउन कार्यपालिका बैठक लाइभ गर्ने निर्णय भएको बताएका छन्।
शुक्रबार भएको कार्यपालिका बैठक उपमहानगरले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ गरेको छ।
२० जेठ २०७९, शुक्रवार २१:५३ बजे प्रकाशित































