punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँच जनालाई आर्थीक सहयोग

Chaupati
safha napa

बागेश्वरी असल शासन क्लब  (बास नेपाल) ले ५ जना महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ र ७ मा रहेका विपन्न, एकल, हिंसा प्रभावित महिला तथा तिनका बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो । उपमहानगरपालिकाको वडा नम्बर- ७ मा एक जना हिंसा प्रभावित महिला र वडा नम्बर १ मा तीन जना विपन्न एकल महिला र एक जना हिंसा प्रभावित महिलाको बालिका गरि ५ जनालाई सो आर्थिक सहयोग प्रदान गरिएको हो ।

No description available.

बास नेपालले दिगो जिवीको पार्जनका लागि सिप सिक्न चाहने तथा व्यवसाय गर्न चाहने हिंसा प्रभावित महिलाहरुलाई सो आर्थिक सहयोग प्रदान गर्दै आईरहेको छ । साथै विपन्न, एकल, हिंसा प्रभावित महिला र आमा बुवा गुमाएका टुहुरा शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नहुन भन्ने उदेश्यका साथ सो आर्थिक सहयो प्रदान गर्दै आईरहेको छ ।

No description available.

युनिसेफको सहकार्यमा बागेश्वरी असल शासन क्लब (बास नेपाल ) ले सो आर्थिक सहयोग प्रदान गरेको हो । वडाका अध्यक्ष, सदस्य, भलमन्सा र अगुवा व्यक्तिहरुको सभागीतामा सहयोग प्रदान गरिएको थियो ।


२० जेठ २०७९, शुक्रवार २१:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु