एक करोड १९ लाख ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
एक करोड १९ लाख ८४ हजार ५ सय रुपैयाँ ठगी मुद्दाका अभियुक्त फरार भएका जीवनकुमार केसी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार काठमाडौंको नयाँ बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
ललितपुरको गोदावरीका केसीविरुद्ध उपभोक्ता हित संरक्षण नेपालले ठगी आरोपमा मुद्दा हालेको थियो । मुद्दा परेपछि उनी फरार भएका थिए ।
२० जेठ २०७९, शुक्रवार २०:४१ बजे प्रकाशित































