योजना माग गर्दै पुर्नवास नगरपालिकाले प्रदेशका आर्थिक मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाए

कृषि र पशुपंक्षितर्फको योजना माग गर्दै पुर्नवास नगरपालिकाले प्रदेशका आर्थिक मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले पशुतर्फ र कृषितर्फका विभिन्न योजना माग गर्दै बिहिबार आर्थिक मामिला मन्त्री प्रकाश रावललाई ज्ञापनपत्र बुझाएका हुन ।

नगर प्रमुख शर्माले बुझाएको ज्ञापनपत्रमा कृषितर्फ नयाँ कृषि भवन निर्माण गर्नुपर्ने, आठ करोड ७२ लाख ८१ ह्जार सात सय ११ रुपैया लागत अनुमान गरि तयार भएको डिपिआर अनुसार १५ सय मेट्रिक टन बराबरको कोल्ड स्टोर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने, विद्युतिय सिचाई र कृषि बजार निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

यस्तै, पशुपंक्षितर्फ पशुपंक्षि अस्पताल, ३५ लाख १० हजार दुई सय ५९ रुपैयाँ लागत अनुमान गरिएको नगरपालिकाको वडा नम्बबर ७, ८ र ९ हेर्ने गरी र वडा नम्बर १० र ११ हेर्ने गरि पशु शाखाको आफनै भवन निर्माणका लागि बजेट विनियोजन गरिनुपर्ने उल्लेख छ ।

‘पशुपंक्षि र कृषि शाखाका लागि आवश्यक पर्ने भवन संयूक्त रुपमा निर्माण गर्न दुई करोड ६३ लाख १३ हजार चार सय ५६ लागत अनुमान गरिएको छ’ सो ज्ञापनपत्रमा भनिएको छ ।

प्रदेश सरकार अहिले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा जुटेकोले प्रदेश सरकारको ध्यानाकर्षण गराउन सो ज्ञापनपत्र बुझाइएको नगर प्रमुख शर्माले बताए ।

 


१९ जेठ २०७९, बिहीवार १३:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु